अन्तर्राष्ट्रिय

भयानक रेल दुर्घटनामा परी कङ्गोमा ५० को मृत्यु

एजेन्सी । लोकतान्त्रीक गणतन्त्र कङ्गोमा बिहीबार भएको रेल दुर्घटनामा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेको रेल रेलमार्गबाट बाहिर निस्किएर बिहीबार बिहान दुर्घटना भएको मानवीय सहायता मन्त्री स्टेभ एमबिकायीले जानकारी दिएका छन् ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, “फेिर अर्को बज्रपात १ स्थानीय समय अनुसार विहान ३ बजेतिर ताङगणन्यिक प्रान्तको मायिबारीदीमा रेलले लिक मार्ग छाडेकोले दुर्घटना भएको छ, अहिलेसम्म ५० जनाको मृत्यु भएको छ, अरू धेरै घाइते भएका छन् ।”

कङ्गोमा रेल मार्गको अवस्था अत्यन्त कमजोर रहेको कारण रेल यात्रा असुरक्षित मानिन्छ । खराब अवस्थाको रेल मार्गका कारण धेरै दुर्घटना हुने र धेरै जनाको ज्यान जाने गरेको छ । गत मार्चमा भएको अर्को एक दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको थियो भने ३१ जना घाइते भएका थिए ।