राजनीति

नेतृ कोईरालासहितलाई कुटपीट गर्ने नेकपाका अरिगाँललाई कारबाही नगरे प्रत्याक्रमण गर्छौंः अध्यक्ष बस्नेत

काठमाण्डौ । नेपाली काँग्रेसको शसक्त भातृसंस्था नेपाल तरुण दलले बाँके जिल्ला सभापति किरण कोईराला लगायतका कााँग्रेस नेता कार्यकर्तामाथी भएको आक्रमणको कडा शब्दमा बिरोध जनाएको छ । नेपाली काँग्रेसले वीपी कोईरालाको १०६ औं जन्मजयन्तीका अवशरमा आज बाँँके जिल्ला सभापति कोईरालासहित सयौंको संख्यामा जागरण अभियानको कार्यक्रम गर्न खोज्दा नेकपाका चार दर्जन नेकपाका अरिंगाल कार्यकर्ताहरु कार्यक्रमस्थलमा पसी आक्रमण गरी दर्जनौ घाईते बनाएको घटनामा तरुण दललाई ध्यानाकर्षण भएको जनाएको छ ।

दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ती जारी गर्दै उक्त आक्रमण नेकपाका उपल्लो स्तरका नेताहरुको निर्देशनमा भएको ठहर गर्दै आक्रमणकारीलाई तत्काल कारबाही नगरे काँग्रेस कार्यकर्ताहरुमाथी साँघातीक हमला गर्नेका बिरुद्ध तरुण दल जाईलाग्न बाध्य हुने बताएका छन् । उनले लोकतन्त्रमाा स्वतन्त्रपुर्वक सभा सम्मेलन गर्न पाउने, कार्यक्रम गर्न पाउने अधिकारलाई कुण्ठीत गर्न खोजेको भन्दै नेकपा अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओली निर्देशनमा काँग्रेसको दोस्रो चरणको जनजागरणमा जनताको उपस्थिती देखेर आत्तिदै काँग्रेस कार्यक्रममा भैतिक आक्रमण गर्न थालेको जिकिर गरेका छन् ।

अध्यक्ष बस्नेतले काँग्रेसले गरेका हरेक कार्यक्रममा तरुण दलले साथ दिने बताउँदै  देशभरका काँग्रेस नेता कार्यकर्ताको सुरक्षा दिन नेपाल तरुण दल सक्षम रहेको जिकिर गरेका छन् ।