आर्थिक

जनता बैंकले गर्यो मन्दिरको भौतिक संरचना सुधारमा १ लाख ५० हजार सहयोग

काठमाडौं । जनता बैकंले नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागी रु १ लाख ५० हजार सहयोग प्रदान गरेको छ ।

बैंकका नायव प्रमुख कार्र्यकारी अधिकृतश्री सुजित कुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष श्रीमती विष्णु कुमारी सिंखडालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

ईचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक श्री नागभुषण महादेव मन्दिर र करिव २०० जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ ।

उक्त मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्त्र्तगत उक्त रकम प्रदान गरेको हो ।

जनता बैंकले हाल मुलुकभरमा १४२ शाखा ५० शाखा रहित बैकिंग १०८ एटिएम ३ एक्स्टेन्सन काउण्टर र १ सिमित बैकिंग इकाई मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।