समाचार

विप्लवका छोरा प्रकाश रिहा

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी माहासंघका महासचिव तथा चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्द रिहा भएका छन् । साथै उनि विप्लवका छोरा हुन् ।

चितवन मेडिकल कलेजले अवैध रूपमा असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार बिहान पनि झडप भएको थियो । चन्दलाई सोही स्थानबाट प्रहरीले पक्राउ गरेको थियो ।

त्यसक्रममा अस्पतालभित्र हुलहुज्जत गर्न खोजेको भन्दै प्रकाश चन्दसहित दर्जनौ विद्यार्थीहरुलाई प्रहरीले हिजो पक्राउ गरेको थियो । नियन्त्रणको क्रममा प्रहरी र आन्दोलनरत विद्यार्थिबिच झडप हुँदा केही विद्यार्थी घाइते पनि भएका थिए ।