प्रवास

काँग्रेसलाई विजय गराउन प्रत्यासी गूरुङद्वय हदैसम्म लचक हुने, गिरिराजले गरे संयोजन

दक्षिण कोरिया । गैर आवासिय नेपाली संघ एनआरएन दक्षिण कोरियाको अधिवेशन मा नेपाली काँग्रेस निकट उम्मेदवार एउटामात्र बनाउन पहल सुरु भएको छ । आगामी सेक्टेम्बर २१ देखि सुरु हुने अधिवेशन मा नेपाली काँग्रेस निकट विपिन गुरुङ र बुद्धि गुरुङ दुबैले अध्यक्ष पदमा उम्मेदवारि घोषणा गरेपछि जनसम्पर्क समितिलाई सकस परेको छ भने कार्यकर्तामा अन्योलता छ ।

यस्तो अवस्थाको अन्त्य गरि एउटा मात्रै उम्मेदवार बनाएर अगाडि बढ्न जनसम्पर्क समिति दक्षिण कोरियाका निवर्तमान सभापति गिरिराज कुँवरले दिवा भोजको आयोजना गरेका छन् । दिवा भोजमा पार्टीको तर्फबाट साझा उम्मेदवार बनाउने वातावरण अगाडि बढेको प्रतिक्रिया छ। निरन्तर छलफल जारि रहेको र छिट्टै एउटै उम्मेदवार घोषणा गरिने छ, गिरिराजले भने ।

दिवा भोजमा ७० भन्दा बढि नेता कार्यकर्ताको सहभागीतामा घनिभुत छलफल भएको थियो ।गिरिले आयोजना गरेको दिवाभोजले साथीहरू विचको संवादहिन्नताको अवस्था लाई सहजिकरण गरि सकरात्मक सन्देश दिएको जनसम्पर्क समिति दक्षिण कोरिया कि सभापति आस्था बिन्दु मल्लले भनिन् । दुई जना उम्मेदवार एउटै पार्टी निकटबाट उठेपछि मिलाउन समस्या भएको बेला दिवाभोज जमघटको सन्देश सकरात्मक जाने सभापति मल्लले भनिन्। निवर्तमान सभापति गिरिराज कुँवर चुनावी परिणाम आफ्नो पक्षमा बनाउन र कुटनैतिक योजनामा सफल ब्यक्तिको रुपमा कोरियामा परिचित मानिन्छन्।

कोरियाका सामाजिक संघ संस्थाहरुको नेतृत्व कसको पोल्टामा पार्ने कुरामा समेत गिरिको प्रमुख हात रहदै आएको कारणले पनि यसपटक उनको रणनीतिक महत्त्वपूर्ण मानिने छ । गिरिराजको पहलले जनसम्पर्क समितिसँग आबद्ध तथा शुभचिन्तक लाई खुशी बनाएको सबै तिर प्रतिक्रिया छ । गिरिले सोमबार फेसबुकमा लेखेका छन्, दुई जना जनजातिका गुरूङ उम्मेदवार त्यो पनि कॉंग्रेस मिलेको हेर्न नचाहाने हरूको फोन दौडे कै छ ! चिन्ता नगर्नुस मिली सकेको छ, सन्दर्भ एनआरएन । उनको फेसबुक लगायतका सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् ।

दिवा भोज र गिरिको फेसबुक स्टाटसले दक्षिण कोरियाको चुनावी माहोल थप तातिरहेको छ । विपिन गुरुङ हालको एनआरएनका बरिस्ठ उपाध्यक्ष हुन् भने बुद्धि गुरुङ अघिल्लो अधिवेशनमा अध्यक्षका प्रत्यासि थिए ।आन्तरिक रुपमा जनसम्पर्क समितिले बिपिन गुरुङलाई अध्यक्षको आधिकारिक उम्मेदवार मानेर अगाडि बढने निर्णय गरेको भनेपनि बाहिर प्रचार हुन सकेको थिएन ।