प्रवास

एनआरएन क्यानडाले गर्यो कमिटी विस्तार, प्रेश संयोजकमा तिमिल्सिना

टोरोन्टो, क्यानडा । गैर आवासिय नेपाली संघ एनआरएनए क्यानडाका नवनिर्वाचित प्रतिनिधिहरुले औपचारिकरुपमा कार्यभार सम्हाले संगै कार्यसमितिमा थपन यां सदस्यहरु थपिएका छन् । ब्राम्पटन शहरस्थित एभरेष्ट तेक्वान्दो हलमाआयोजित हस्तान्तरण कार्यक्रमपछि बसेको कार्यसमितिको बैठकले विभिन्न क्षेत्रकालागि संयोजक र केही सल्लाहकार नियुक्त गरेको छ । यसरी नियुक्तहुनेहरुमा मिडिया संयोजकमा पत्रकार बद्री तिमल्सिना, पर्यटन समितिको संयोजकमा प्रदिप मरहठ्ठा र आर्थिक समितिको संयोजकमा व्यवसायी अमृतो भट्टराई रहेका छन् भने स्वास्थ्य सम्बन्धिमा सुरेश गौतमलाई संयोजक तोकेको छ ।

काठमाण्डौमा मुख्य कार्यालय रहेको सुर्यखबर डट् कम् का क्यानडा प्रतिनिधि, क्यानडा खबरका नबनियुक्त सम्पादक रहेका पत्रकार तिमल्सिना नेपालका नेपालएफएम नेटवर्क, गोर्खा एफ, कोशीएफएम, न्यूज २४ टेलिभिजन जस्ता संचारगृहमा समाचार वाचन तथा सम्पादन गरिसकेका व्यक्ति हुन् ।

नवनिर्वाचित अध्यक्ष चिरन्जिवी घिमिरेको अध्यक्षतामा बसेको वैठकले यसअघिको कार्यकालमा कानूनी सल्लाहकार रहेका अतुल सुवेदीलाई यसपटक पनि निरन्तरता दिएको प्रवक्ता दिनेश खतिवडाले जानकारी दिए । बैठकपछि अध्यक्ष घिमिरे र निवर्तमान अध्यक्ष गोपीकृष्ण काफ्लेले मनोनित हुने सबै संयोजक तथा सल्लाहकारलाई बधाइ तथा शुभकामना दिएका थिए ।

यसैविच नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर एनआरएनए क्यानडाले टोरोन्टोमा नेपाल डे मनाउने भएको छ । यहि सेप्टेम्बर महिनाको १९ का दिन विभिन्न स्थानिय नेपाली संघसंस्थाहरुसंगको सहकार्यमा टोरोन्टोको क्विन्सपार्कमा हुने कार्यक्रममा ओन्टारियो राज्यका सरकारी प्रतिनिधिहरुको सहभागिता रहने प्रवक्ता खतिवडाले बताए ।

यस कार्यक्रमबाट क्यानडेली पर्यटकहरुलाई नेपालबारे जानकारि गराइने र नेपाल जान उनिहरुलाई प्रेरित गरिने बताइएको छ । यसअघि नेपाल पर्यटनबोर्ड क्यानडा लगायतका संघसंस्थाहरुले ब्राम्पटन र मिसिसागा शहरमा गुड्ने सार्वजनिक बसहरुमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि व्यानरहरु टासेर क्यानडामा सुरुवात गरिसकेका छन् । अहिले यि सहरहरुका वसमा नेपाल सम्बन्धि व्यानरहरु धेरैजसोमा देख्न सकिने बताईएको छ ।