अन्तर्राष्ट्रिय

बाढीका कारण नाइजरमा ५७ को मृत्यु

एजेन्सी । नाइजरमा देशभरी आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार बाढीले अरू एक लाख ३० हजार जना घाइते भएका छन् । यो तथ्याङ्क जुन महिनादेखिको रहेको उनीहरूको भनाइ छ । नाइजरमा पछिल्लो समय मौसम धेरै खराब भएको छ ।

राजधानी र दुर्गम क्षेत्रमा वर्षाले असर पारेको छ । नाइजरको सरकारले मङ्गलबार वक्तव्य जारी गरेर बाढीका कारण भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । बक्तव्यमा बाढीका कारण १२ हजार घरमा क्षति पुगेको उल्लेख गरिएको छ । त्यसैगरी दुई हजार हेक्टर क्षेत्रफलमा लगाइएको कृषि उत्पादन नष्ट भएको छ ।

दक्षिण पश्चिमी मराडी र दक्षिण मध्यजिन्दार क्षेत्रमा सबैभन्दा धेरै बाढीको प्रभाव परेको अधिकारीहरूले जनाएका छन् । बाढी पहिरोका कारण नाइजरमा गत वर्ष ५६ जनाको मृत्यु भएको थियो भने दुई लाख जना प्रभावित भएका थिए ।