राजनीति

ओली सरकारका यस्तै गतिबिधि जारी रहे काँग्रेसले देशब्यापी आन्दोलन गर्छः महामन्त्री कोइराला

चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकारले संविधानलाई नै तोडमोड गर्न खोजेको आरोप लगाएका छन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घको तेस्रो वार्षिक साधारणसभाको आज गैँडाकोटमा उद्घाटन गर्दै उनले काङ्ग्रेस यसमा सतर्क रहेको बताए ।

महामन्त्री डा कोईरालाले नेकपाको दुईतिहाई मतको सरकारले दम्भ न्म्त्यिाईरहे काँग्रेसले देशब्यापी आन्दोलनको आँधिबेहरी ल्याउनु बाधयता हुने बताए । उनले बर्तमान सरकार जनताप्रति एकरति पनि उत्तरदायी हुन नसकेको ठोकुवा समेत गरे ।

महामन्त्री कोइरालाले भने, “तपाइँहरुको साथ र सहयोग रह्यो भने हामी संविधानलाई तोडमोड गर्न दिदैनौं । जननायक बिपी कोइरालाले २०१२ सालमा नेपालमा संविधानसभामार्फत बनेको संविधान चाहिन्छ भन्नुभएको प्रसङ्ग उल्लेख गर्दै उहाँले संविधानसभाबाट ल्याइएको संविधानलाई केरमेट हुन काङ्ग्रेसले किमार्थ दिँदैन भने ।

सो अवसरमा गैँडाकोट नगरपालिकाका प्रमुख छत्र पौडेल, उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग सङ्घ चितवनका उपाध्यक्ष त्रिलोचन कँडेल, महासङ्घका सल्लाहकार प्रभाकर पण्डित, प्रा डा हरिहर पोखरेल, देवेन्द्ररत्न शाक्यलगायतले बोलेका थिए ।

महासङ्घका अध्यक्ष तिलाबहादुर जिसीको सभापतित्वमा भएको साधारणसभामा देशभरमा पार्टी प्यालेस सञ्चालन गरेका १५० जना सदस्य सहभागी बनेका छन् ।