आर्थिक

प्रभु बैंक र सक्षमबिच सम्झौता, सगरमाथामा साखा खोल्न पाएकोमा अध्यक्ष खुशी

काठमाण्डौ । प्रभु बैंकले यु.के.एडको सक्षम, वित्तीय पहुँचसंग परियोजना संचालन गर्नको लागि सम्झौता गरेको छ । यो परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्र्तगत संचालनगर्न लागिएको हो । आज काठमाण्डौमा एक कार्यक्रम आयोजना गर्दै दुवै संस्थाका व्यवस्थापन तहका उच्च पदाधिकारीहरु र पत्रकारहरु माझ प्रभु बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उक्त परियोजनाको मुख्य उद्देश्य भनेको दक्षिण कोरिया र भारतमा रहेका आप्रवासी नेपालीहरु र भारतमा वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरुलाई विप्रेषणको सदुपयोग गरी सम्पत्तिको बृद्धि र संरक्षण गर्नको लागि वित्तीय पहुँच पु¥याउनु रहेको छ ।

कार्यक्रमलाई सम्बोधनगर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले यो सम्झौताले आप्रवासमा रहेका व्यक्ति र तिनका परिवारको वित्तीय आवश्यकता पुरा गर्न उद्देश्यमुलक बचतका साथै अतिरिक्त वित्तीय सेवाहरु र गैर वित्तीय सेवाहरु जस्तै वित्तीय शिक्षा र व्यवसाय विस्तार गर्न सम्पत्ति वृद्धि गर्ने प्याकेजको विकास गरी लक्षित वर्गलाई प्रदानगर्न सहयोग मिल्ने कुरा व्यक्त गरे ।

सक्षम, वित्तीय पहुँच नेपाल सरकार र यु.के सरकारको सम्झौता अनुरुप यु.के.एडको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो । यो कार्यक्रम लुईस बर्जरले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संस्थाहरुसंगको सहकार्यमा डि.एफ.आई.डि. को लागि संचालन गरेको कार्यक्रम हो ।
कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष देवी भट्टचन्दले राष्ट्रबैंकको नीति अनुसार सबै गाँउमा बैंकका साखा खोल्ने अभियान अनुसार नेपालको सबैभन्दा अग्लो स्थानमा प्रभु बैंकले साखा खोल्न पाएकोमा खुसी लागेको बताउँदै प्रभु बैंकसंग सहकार्य गर्न सक्षमले ईच्छा देखाएकोमा धन्यबाद दिएका थिए ।

प्रभु बैंकले देशको सबै भौगोलिक क्षेत्रहरुलाई समेट्ने गरी विभिन्न स्थानहरुमा १९४ वटा शाखाहरु, २९ वटा विस्तारित काउन्टरहरु र १५२ वटा ए.टि.एमहरुको माध्यमद्वारा १० लाखभन्दा बढी व्यक्तिहरुलाई वित्तीय सेवाप्रदान गरी रहेको छ ।