समाचार

नेपाल–भारत पेट्रोलियम पाइपलाइन आजदेखी सञ्चालनमा आउने

काठमाडौं । नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीद्धारा पेट्रोलियम पाईपलाईनको आज आजदेखी सुरुवात गरिने भएको छ । आज मध्यान्ह १२ः १५ बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निवासबाट स्वीच थिचेर डिजल सेन्ड गर्ने र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्वीच थिचेर रिसिभ गर्नेछन् ।

उक्त कार्यको सुरुवात पस्चात बरौनि डिपोबाट डिजेल आउने छ । कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम बनाईएको छ । पेट्रोलियम पाइपलाइनलको क्षमता दैनिक २४ घण्टासम्म संचालन हुन सक्नेछ । तर अहिले पुण क्षमतामा चल्दैन । प्रती घन्टा २९४ किलोलिटर तेल पाइपबाट आउँछ । पाइपलाइनबाट तेल आएको दिनदेखि नै बजारमा पठाइने छ । तेल सुरूमा प्रमुख शहर काठमाडौं, पोखरा र अमलेखञ्जमा पठाइन्छ ।

अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन् । ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की छन् । ती ट्याङ्कीमा तेल भरेर राखिएको छ । आजदेखि पाइपलाइनबाट नियमित डिजल आउने छ । प्रटोल को तयारी छ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ९६९ । ५ किलोमिटर नयाँ पाइपलाइन बिछ्याइएको छ । नयाँ पाइपलाइनमध्ये भारतमा ३२।२५ र नेपालमा ३७।२५ किलोमिटर पर्दछ । परियोजनाका लागि २७५ करोड लागेको थियो ।

२०६१ सालमा नेपाल र भारतबिच भएको सम्झौतामा सो पाईपलाईन निर्माण भएको हो । वि स २०७४ साल चैत्रमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर मोतिहारी अमलेखगञ्ज पाईपलाईन को निमार्णको शिलान्यास गरेको पाईपलाईन परियोजना कार्यालय सिमराले जनाएको छ ।