समाचार

आज १०६ औ विपि जयन्तीः कांग्रेसले मुलुकभर विरुवा रोप्दै

काठमाडौं । आज १०६ औं विश्वेश्वर प्रसाद कोइराला जन्म जयन्ती नेपाली कांग्रस तथा उस्को भात्रु संगठनले  मुलुकभर विविध कार्यक्रम गरि मनाउंदै छ । विपि जयन्तीको अवसरका आज कांग्रेसले मुलुकका प्रत्यक प्रदेशसभा निर्वाचन क्षेत्रमा १०६ ओटा विरुवा रोप्ने भएको छ ।

साथै विरुवा रोपेर कांग्रेसले १५ दिने दोस्रो चरणको जागरण अभियानको सुरुवात गर्ने कांग्रेसनेता विमलेन्द्र निधीले बताएका छन् । सामाजिक सञ्जाल ट्वीट मार्फत उनले यस्तो बताएका हुन् ।

उनको ट्वीटः आज विपि कोईरालाको १०६औ जन्मजयन्तीक‍‍ो अवसरमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा १०६ वटा बिरुवा रुख र‍ोपेर उद्घाटित हुने १५ दिने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सम्मान सहित समर्पण ।