अन्तर्राष्ट्रिय

प्लाष्टिक प्रतिबन्ध गर्नुपर्नेमा भारतीय प्रधानमन्त्री मोदीको जोड

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक पटक मात्रै प्रयोग हुने प्लाष्टिकजन्य सामग्रीहरूलाई प्रतिबन्ध लगाउन जोड दिएका छन् । भारतमा देशभरी र विश्वभरी नै आगामी दिनमा यस्ता प्लाष्टिकजन्य सामग्रीहरुको प्रतिबन्ध लगाउने व्यवस्था गर्न आवश्यक भएको उनले सोमबार बताएका हुन् ।

नयाँ दिल्ली नजिकै आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जमिनका लागि प्लाष्टिक अत्यन्त घातक चिज भएकोमा जोड दिए । प्लाष्टिक नियन्त्रणको प्रयास अहिले देखि नै शुरु नगरेमा भविश्यमा यस्ले ठूलो समस्या निम्त्याउने प्रधानमन्त्री मोदीको भनाई थियो ।

“प्लाष्टिकको प्रयोग गर्दै फाल्दै गर्नुको अर्थ हाम्रो स्वास्थ्यलाई पनि असर पार्दै जानु हो, एक पटक प्रयोग गर्दै प्लाष्टिक फाल्दै गर्दा हाम्रो स्वास्थ्य, जमिन, कृषिलगायत धेरैतिर असर परेको हुन्छ,” मोदीले भने । उनले विकास निर्माणका कामहरु गर्दा पनि वातावरणमैत्री गराउनु पर्नेमा जोड दिएका छन् ।

प्रयोग भएका वा प्रयोग गर्नै पर्ने प्लाष्टिकजन्य सामग्रीहरुलाई पनि हानिरहित हुनेगरी व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । “प्रधानमन्त्री मोदीले एक पटक प्रयोग गरेर फालिने प्लाष्टिकलाई संसारबाट विदाई गर्ने वेला आइसकेको छ,” उनले भने ।