अन्तर्राष्ट्रिय

लिङलिङ आँधीका कारण साढे चार लाख चिनियाँ प्रभावित

एजेन्सी । चीनमा सोमबार आएको आँधीबाट चार लाख ५५ हजार भन्दा बढी प्रभावित भएका छन् । लिङलिङ नाम दिइएको सो आँधी स्थानीय समय अनुसार सोमबार विहान १० बजेतिर आएको आपत व्यवस्थापन मन्त्रालयले जनाएको छ । झण्डै १३ बर्षपछि चिलिन, हेइलोङच्याङ र झेच्याङ प्रान्तका जनता आँधीका कारण विस्थापित हुन बाध्य भएका थिए ।

ती प्रान्तका झण्डै २८ हजार स्थानीय बासिन्दा विस्थापित भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । आँधीका कारण ४४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने अरु ४६० भन्दा बढी घर पनि असर परेको छ । त्यसैगरी दुई लाख १५ हजार ८ सय हेक्टर जमिनमा रहेको कृषि उपजको नोक्सानी भएको छ ।