खेलकुद

एसिया कपको समूह चरणबाटै बाहिरिएको नेपालले आज अन्तिम खेल खेल्दै

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको नेपालले आज ९मंगलबार० समूह चरणको अन्तिम खेल खेल्दैछ ।

सुरुवाती दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको नेपालले युएईसँग खेल्न लागेको हो । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ९ः४५ मा सुरु हुनेछ । युएईविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य सान्त्वना जित निकाल्नु हुनेछ । नेपाल एक जितसहित घर फर्कन चाहन्छ । त्यसका लागि नेपाल तुलनात्मक कमजोर टिम युएईलाई शिकार बनाउने योजनामा हुनेछ ।

तर, युएईविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । युएई पनि सान्त्वना जित निकाल्दै घर फर्कन चाहन्छ ।समूह बी मा दुई खेल गुमाएको नेपाल अंक विहिन रहदै तेस्रो स्थानमा छ । युएई पुछारमा छ । नेपालले पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदा नेपालको सेमिफाइनल सम्भावना सकिएको थियो ।

यस समूहबाट आयोजक श्रीलंका र बंगलादेश सेमिफाइनल पुगिसकेको छ । समूह विजेताको तय भने मंगलबार नै हुने दुईबीचको खेलबाट हुनेछ । जित निकाल्ने टिम समूह विजेता बन्नेछ । पछिल्लो पाँच खेलको नतिजा हेर्दा नेपालले युएईलाई हराउने अनुमान गरिएको छ । पछिल्लो पाँच भेटमा नेपालले ४ खेल जितेको छ ।

तर, यसै वर्ष भएको यू(१९ विश्वकप छनोटमा नेपाललाई युएईले हराएको थियो । गत अप्रीलमा मलेसियामा भएको विश्वकप छनोटमा नेपाल डीएल पद्दतिको आधारमा १ रनले पराजित भएको थियो । वर्षाले प्रभावित बनेको उक्त खेलको हारले नेपाल विश्वकपमा पुग्न असफल भएको थियो । नेपाल उक्त हारको बदलामा समेत हुनेछ । युएई भने नेपालमाथि उक्त जितलाई कायम राख्न चाहन्छ ।