प्रदेश 1

सकारात्मक सोचले नै मुलुकको परिवर्तन सम्भव: विश्वास

बिराटनगर । विराटनगरका युवा बिश्वास घिमिरे सकारात्मक विचारले अगाडी बढे सबैले प्रगती गर्न सकिने बताउछन् । स्थानीय एक कम्पनीमा कार्यरत घिमिरे जिवनको सबैभन्दा ठूलो कुरा भनेको खुशी वा सन्तुष्टी भएको दाबी गर्छन् । एक छोरी, श्रीमती अनि आमासंग बिराटनगरको गोग्राहा चौकमा स्थायी बासिन्दाका रुपमा रहेका घिमिरे आफू शान्त स्वभावको भएकोले सबैलाई आनन्दपूर्ण जिवन जिउनका लागि जिवनको, परिवारको बारेमा अनावश्यक चिन्ता लिनुभन्दा शान्त भएर बाँच्न आग्रह गर्छन् ।

पैसा कमाउन चलेको देशका कुना कन्दराका नेपालीहरुको बिदेश जाने, सुन तस्करी गर्ने, भ्रष्टाचार गर्ने, गुण्डागर्दी गर्ने, बभिन्न प्रकारका ठगी गर्ने, जालझेल गर्ने कार्यले समाजमा नकारात्मक कुराको संस्थागत विकास भएको बताउँदै उक्त कुरा सकारात्मक सोचले अगाडी बढेमा परिवर्तन हुने दृढ बिश्वास उनमा छ ।

पैसाको महत्व भगवानका पालादेखी नै भएपनि पैसा र पावरका लागि समाजमा मानिस जे पनि गर्ने होडबाजीमा लागेको देख्दा दुःख लागेको जिकिर गर्छन् । विश्वासका विचारमा राजनीतिक दलहरुले जनतालाई ढाँट्ने परम्पराको अन्त्य गरि, मुलुक विकासको स्पष्ट योजनामा अगाडी बढ्दा जनता सचेत हुने र सकारात्मक सोचको विकास हुनेछ ।