आर्थिक

प्रभु बैंकको कालाबञ्जर शाखा कार्यालय उद्घाटन

इटहरी । प्रभु बैंकले सुुुुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. ०५ स्थित कालाबञ्जरमा आफ्नो १९५औं शाखा कार्यालयको रुपमा कालाबञ्जर शाखाकार्यालय आजदेखि सञ्चालनमा ल्याएको छ । बैंकको कालाबञ्जर शाखा कार्यालयको समुद्घाटन बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले उदघाटछन गरेका छन् ।

बैंकको कालाबञ्जर शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी तथा नगर प्रमुख निलम खनालले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नोशाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्रनभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवापुगेको भन्नु हुँदै प्रभु बैंकको सफलताको कामनागर्दै आफ्नो मन्तव्य राखे ।

बैंकको कालाबञ्जर शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।