राजनीति

भारतले सीमा मिच्दै झिकेका दर्जनौँ झण्डा हामी देशभक्त नेपालीको मुटुमा राखौँः नेता गुरुङ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले भारत र नेपालको सीमा मिचिएकोतर्फ भावुक रुपमा ध्यानाकर्ष भएको बताएका छन् ।

उनले कालापानीदेखी कन्चनपुर, सुरजपुर, कोइलावास, सुस्ता, सोमेश्वर, झौवागुठी, केचना, महेशपुर आदी दर्जनौं सिमा अतिक्रमणबाट उखेलिएका नेपालको झण्डाले नेपालीहरुको मुटुमा चोट पुगेको भन्दै त्यो झण्डालाई अब मुटुमा राख्नुपर्ने तर्क गरेका छन् ।

उनले भारतले नेपालको सीमाना मिचिएको कुरालाई बिरोध गर्दै उक्त झण्डाहरुको सम्मान नभभएकोमा चिन्ता व्यक्त गर्दै देशभक्ती नागरिकको कर्तव्य देखाएका छन् ।

‘मुटुमाथी नै नेपालको झण्डा राखौं’
५०० वर्ग कि.मी.क्षेत्रफल लिम्पीयाधुराबाट उखेलिएको नेपालको झण्डा
अब मुटुमाथी नै राखौं ?
कालापानीदेखी कन्चनपुर, सुरजपुर, कोइलावास, सुस्ता, सोमेश्वर, झौवागुठी, केचना, महेशपुर आदी
दर्जनौं सिमा अतिक्रमणबाट
उखेलिएका नेपालको झण्डा
अब मुटुमाथी नै राखौंरर’