राजनीति

महासचिव शाहीको निर्देशनः दुईतिहाई कम्युनिष्टको भ्रष्टाचार बिरुद्ध शसक्त रुपमा प्रस्तुत हुनुस्

काठमाण्डौ । नेपाली काँग्रेसको शसक्त भातृसंस्था नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले २४ गतेदेखी ७ गते असोजसम्म काँग्रेसले गर्ने ७७ वटै जिल्लाका कार्यक्रममा रचनात्मक भुमिका खेल्न देशभरका तरुणलाई निर्देशन दिएका छन् । महासचिव शाहीले परिपत्र जारी गर्दै

भनेका छन्, ‘वीपी जयन्ती भदौ २४ गते वृक्षारोपण, फलफूल वितरण, सरसफाई लगायत जिल्ला कार्यसमितिले आवश्यक्ताअनुसार विभिन्न कार्यक्रम गर्ने ।’

‘भ्रष्टाचारमुक्त नेपाल–सुशासन युक्त नेपाल’ अभियान अन्तर्गत जिल्ला, नगर, गाउँ, वडा सबै ठाउँमा अहिले देखिएका चरम भ्रष्टाचारको विरुद्ध भण्डाफोर संचालन गर्ने’, महासचिव शाहीले मातहतलाई निर्देशन दिएका छन् । शाहीले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको गलत कुरा र भ्रष्टाचारको भण्डाफोर गर्न पनि निर्देशन दिएका छन् ।

नेपाली कांग्रेसले दोस्रो चरणको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’को कार्यक्रम भदौ २४ गतेदेखि शुरु गर्दै छ । सो कार्यक्रमलाई पनि सहयोग र साथ दिन युवा तरुणहरूलाई महासचिव शाहीले निर्देशन दिएका छन् ।

यसअघि नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले पार्टीले आयोजना गरेको कार्यक्रमलाई सहयोग गर्न परिपत्र गरेको केहीदिनमा महासचिवले भ्रष्टाचारको विरोध गर्न परिपत्र गरेका हनु् ।

नेविसंघमा उपाध्यक्षको जिम्मेवारी पाईसकेका महासचिव शाही भ्रष्टाचारबिरुद्धका अभियान्ता र नेपाल्ी काँग्रेसका युवा नेता समेत हुन् ।