समाचार

पत्रकार महासंघका अध्यक्ष आचार्यका पिताको निधन

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यका पिताको निधन भएको छ । आचार्यका पिता यामप्रसाद आचार्यको ६८ वर्षको उमरमा निधन भएको हो ।

साथै उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि कार्यक्रम रहेको माहासंघका महासचीव रमेश विष्टले बताएका छन् । यसैबिच प्रधानमन्त्री केपि शर्मा ओलीले आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले दिवंगत आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजन प्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।