अन्तर्राष्ट्रिय

पोम्पेओद्वारा तालिवानसँग थप वार्ताको सम्भावना रहेको भनाई

एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले तालिवान समूहले महत्वपूर्ण प्रतिवद्धतासहित अघि आएमा थप वार्ताको सम्भावना नरोकिने आइतबार बताएका छन् ।

अफगानिस्तानमा तालिवान विद्रोहीसँग वार्ता भइरहँदा भउको विस्फोटबाट एक अमेरिकी अधिकारकिो मृत्यु भएपििछ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने क्याम्प ड्याभिडमा हुने भनिएको गोप्य बैठक खारेज गरेको शनिबार बताएका छन् ।

विदेशमन्त्री पोम्पेओका अनुसार राष्ट्रपति ट्रम्पले अझै अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउने वा नबोलाउने सम्बन्धमा अझै निर्णय नगरेको र यदि सहमतितर्फ तालिवान विद्रोही तयार नभए थप सैन्य दवावको सामना गर्नुपर्नेछ ।

अमेरिकी विदेशमन्त्रीले एबीसी टेलिभिजनलाई दिएको अन्तवार्तामा भनिएको छ, “मलाई विश्वास छतालिवानहरूले आफ्नो व्यवहारलाई परिवर्तन गरी पछिल्लो समय अमेरिकी वार्ता टोलीसँग गरेको सहमतिप्रति प्रतिवद्ध भएमा समस्यालाई श्रृङ्खलावद्धरूपमा समाधान गरी अघि बढ्न सकिन्छ ।

तालिवान समूहसँग अमेरिकाले गरिरहेको वार्ता अत्यन्त्यै सकारात्मक बनेको र अफगानी राष्ट्रपति तथा तालिवान नेतासँग आइतबार वासिङ्टनबाहिर भेट्ने कार्यक्रम बिहीबारको आक्रमणलाई लिएर रद्द भएको राष्ट्रपति ट्रम्पले शनिबार ट्वीटर सन्देशमार्फत बताएका हुन् ।