खेलकुद

एएफसी अण्डर–१६ छनोट खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । सन् २०२० मा आयोजना हुने एएफसी अण्ड– १६ च्याम्पियनसिपको छनोटका लागि नेपाली राष्ट्रिय अण्डर– १६ टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा ले आइतबार जोर्डनमा हुने छनोटका लागि २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले भारतमा आयोजना भएको साफ यू–१५ उपविजेता टिमबाट ३ खेलाडीलाई बाहिर राख्दै नेपाली टोलीको घोषणा गरेका हुन् ।

प्रशिक्षक श्रेष्ठले कप्तान प्रदिप लम्सालसँगै गोलरक्षक ईश्वर गुरुङ र अशिम राईलाई टिम बाहिर राखेका छन् । उनीहरुको स्थानमा पथ्थुहाङ नेम्वाङ, क्रिष्टल शाक्य र दिपेश राईले टिममा स्थान बनाएका छन् । जोर्डनमा आयोजना हुने छनोटमा नेपाल समूह ुडीु मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन् ।

नेपालले भदौ २८ गते जोर्डनको सामना गर्दै प्रतियागिताको सुरुवात गर्नेछ । यस्तै दोस्रो खेल ३० गते कुवेतसँग खेल्नेछ । तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।

नेपाली टिम 

गोलरक्षक स् मनोज दहाल, जेनियस के सी, पथ्थुहाङ नेम्वाङ डिफेन्डर स् अजय चौधरी, अभिषेक आईवा, जान लिम्बु, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ, आमीर हमिद , मिडफिल्डर स् नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मे जय धामी, विपिन तुम्सिङ मगर, महित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई, निराजन खत्री, स्ट्राइकर स् सशांक बोहरा, सुजन जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा, दिपेश राई