आर्थिक

गैर आवासीय नेपालीहरुलाई सानिमा मुद्दती

काठमाण्डौ । सानिमा बैंकले गैर आवासीय नेपालीहरुकालागि उच्चतम प्रतिफलदिने सानिमा NRN मुद्दती खाता ल्याएको छ । यो खाता गैर आवासीय नेपालीहरुले अमेरिकी डलरवा पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न सक्छन् ।

विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५%, पाउण्ड स्टर्लिङमा ३% र यूरोमा २% को उच्चतम व्याजदर प्राप्तगर्न सकिन्छ । सानिमा NRN मुद्दती खाता खोल्दा न्यूनतम रकम १०,००० (अमेरिकी डलरवा पाउण्ड स्टर्लिङ वा यूरो) हुनुपर्ने छ । २ वर्ष अवधिको यो मुद्दती खाताअवधि समाप्त भएपछि साँवा तथा व्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकम जम्मा गरेको हो सोही देशमा निक्षेपकर्ताको नाममा खोलेको खातामा फिर्ता लैजान सक्नेछन् ।

सानिमा बैंकका सात वटै प्रदेशमागरी हाल ७९ वटा शाखा ,१ एक्सटेन्सन काउन्टर र ७५ वटा ए.टि.एम. रहेका छन् ।