समाचार

दुई वर्ष भित्रै सबै नेपाली शिक्षित हुन्छनः प्रधानमन्त्री ओली

काठमाडौं । आज ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस मुलुकभर विविध कार्यक्रम गरि मनाईदै छ । दिवसको अवसर पारेर प्रधानमन्त्री केपि शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटर मार्फत शुभकामणा दिएका छन् ।

शुभकामणा दिदै प्रधानमन्त्री ओलीले सार्वजनीक शिक्षा प्रणालीको सबलीकरणका लागि अग्रसरहुन सबैलाई आग्रह गरेका छन् । यस्तै शुभकामना शन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अदूरदर्शी शासकका कारण देशको शिक्षा पछि परेको टिप्पणी गरेको छन् ।

उनले वेदका ऋचा तथा औषधिहरूको आविष्कार सबैभन्दा पहिले नेपालमा भएपनि शासकको अदूरदर्शिताका कारण त्यसपछिका दिनमा शिक्षाले अपेक्षाकृत गति समाउन नसकेको दाबी गरेका छन् । उनले अगाडी भनेका छन् ‘ज्ञानभूमिका रूपमा नेपाल जुन गतिमा अगाडि बढ्नु पर्दथ्यो, विगतका शासकहरूको अदूरदर्शिताले अपेक्षाकृत गति समाउन सकेन’, प्रधानमन्त्रीले आफ्नो सन्देशमा ‘तर अब नेपाल पछाडि परिरहन सक्दैन ।’

विकास र निर्माणका लागि अति आवश्यक नवप्रवर्द्धनात्मक सोचको आधारमा जीवनोपयोगी शिक्षाको विकास सरकारको प्राथमिकतामा परेकाले आगामी दिनमा नेपालको शैक्षिकस्तर माथि उठ्ने प्रधानमन्त्रीको विश्वास छ । वर्तमान शिक्षा प्रणाली अव्यवहारिक भएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले व्यवहारिक, प्राविधिक र रोजगारमूलक शिक्षामा जोड दिएका छन् ।

देशका शिक्षण संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना नभएर देशका लागि आवश्यक जनशक्ति उत्पादन केन्द्र बन्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । त्यसका लागि आधारभूत तहदेखि नै पाठ्यक्रम लागू हुनुपर्ने प्रधानमन्त्रीको सुझाव छ ।
सार्वजनिक शिक्षा प्रणालीमा रहेका कमी–कमजोरीको पहिचान गर्दै शिक्षालाई गुणस्तरीय, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाउन गरिनुपर्ने सुधारका कामहरुलाई सरकारले महत्त्व दिएको पनि उनले सन्देशमा उल्लेख गरेका छन् । हालसम्म ५१ जिल्ला पूर्ण साक्षर घोषणा भइसकेकाले बाँकी जिल्ला पनि २ वर्ष्भित्र साक्षर भइसक्ने दाबी प्रधानमन्त्रीको छ ।

सेप्टेम्बर ८ लाई विश्वभर अन्तर्रा्ष्ट्रिय साक्षरता दिवसका रुपमा मनाइने गरिन्छ । नेपाल पनि आजैको दिन अन्तर्रा्ष्ट्रिय साक्षरता दिवससँगै राष्ट्रिय शिक्षा दिवस मनाउँदै आएको छ । यस अवसरमा आज देशभर विधि कार्यक्रम गरिँदैछ ।

नको टवीटः चालिसौं राष्ट्रिय शिक्षा दिवस तथा त्रिपन्नौं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक तथा शिक्षाप्रेमीहरुमा हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछु । सार्वजनिक शिक्षा प्रणालीको सवलीकरणका लागि अग्रसर हुन सबैमा हार्दिक आह्वान गर्दछु ।