राजनीति

आँखा देख्न छाडेका, होस् गुमेका, निर्वस्त्र बृद्ध नेताहरुबाट युवा बलात्कृतः नेता गुरुङ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले बुढाहरुले पद ओगट्ने परम्पराले पदको सदुपयोग हुन नसकेको बताएका छन् । उमेर र शारिरिक क्षमताजीवनको उत्तरार्धमा पुगेका व्यक्ति जो शरिर र दिमाग दुवैबाट अति कमजोर छ त्यस्ताले राज्य प्रमुख जस्तो पद ओगट्नु अति अपाच्य भएको गुरुङ्गको दाबी छ ।

युवा नेता गुरुङ्गले हातखुट्टा चल्न छाडेका, आँखा देख्न छाडेका बृद्धाहरुबाट प्रमको कुर्सी ओगट्नु अति लाजमर्दो भएको बताउँदै प्रधानमन्त्रीको कुर्सीलाई बिम्ब बनाएर लेखेका छन्, ‘आँखा देख्न छाडेका, होस् गुमेका, लाज सरम हराएका निर्वस्त्र बनेका बृद्धाहरुबाट म पालै पालो बलात्कृत भएकी छु ।’ भनेका छन् ।

उमेरले युवा अनि शारिरिक र मानसिक रुपमा सक्षम भएको व्यक्ति प्रधानमन्त्रीको कुर्सीको आडपाडमा समेत पुग्न सक्ने स्थिति नरहेको बताउदै राष्ट्रकै कार्यकारी प्रमुख जस्तो पद बृद्धाहरु र शारिरिक रुपमा अस्वस्थ्य व्यक्तिबाट ओगटिनु अन्यायपूर्ण रहेको बताउँछन् । नेता गुरुङले बृद्धहरुले आरम गरेर शारिरिक र मानशिक अनि बौधिक रुपमा सक्षम ब्यक्तीलाई जिम्मेवारी दिए राष्ट्र र सम्बनध्ीत संस्थाको विकास हुन सक्ने तर्क गरेका छन् । उनको तर्क नेकपा अधयक्ष तथा प्रधानमन्त्ती केपी ओलीतिर अलि बढी लक्षीत देखिन्छ । सामाजिक संजालमा स्टाटस लेख्दै प्रधानमन्त्री ओल्ी बृद्धमात्र नभएर असक्त समेत भएपनि आफूले पद नछाडेका कारण त्यही पार्टीक अन्य युवाहरुले पद नपाएको स्रकेत गर्छ । अर्कोतिर आफ्नै पार्टी काँग्रेसभित्र पनि बृद्ध नेताहहरुले नेतृत्व कब्जा गरेकाले र अन्य युवाहरु नेतृत्वमा आउन सक्ने सम्भावना नरहेकाले त्यतातिर पनि अलि अलि केन्द्रीत देखिन्छ ।

उनको स्टाटसः

‘बृद्वाहरुबाट
बारम्बार बलत्कृत भएकी छु ?
हातखुट्टा चल्न छाडेका बृद्वाहरुबाट
आँखा देख्न छाडेका बृद्वाहरुबाट
होस् गुमेका बृद्वाहरुबाट
लाज सरम हराएर निर्वस्त्र बनेका बृद्वाहरुबाट
पालै पालो बलत्कृत भएकी छु ?
मसम्म आउने युवाहरुको पहुँच पुग्दैन
किनकि
म नेपालको प्र.म.को कुर्सी हुँ ?’