प्रदेश 1

सुनसरीमा माछा र मासु उत्पादनमा वृद्धि

इनरुवा । सुनसरीमा माछा र मासु उत्पादनमा वृद्धि भएको छ । जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा ११ हजार ८५५।१ मेट्रिक टन मासु उत्पादन भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको तथ्याङ्कले जनाएको छ ।

सुनसरीमा आव २०७४/७५ मा ११ हजार ६६६.४९ मेट्रिक टन मासु उत्पादन भएको थियो । जिल्लामा कृषकको आकर्षण माछा र पशुपक्षीपालनतर्फ बढेसँगै माछा र मासुको उत्पादनमा समेत वृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुनसरीका सूचना अधिकारी केशव श्रेष्ठले बताए । सु्नसरीमा आव २०७४/७५ मा खसी, बोकाको दुई हजार ३७० मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५/७६ मा दुई हजार ३७८.४ मेट्रिक टन उत्पादन भएको कार्यालयको तथ्याङ्कले जनाएको छ ।

त्यसैगरी आव २०७४/७५ मा राँगाको छ हजार २७९ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५/७६ मा छ हजार २८५ मेट्रिक टन रागाको मासु उत्पादन भएको कार्यालयले जनाएको छ । आव २०७४/७५ मा बङ्गुरको ९९० मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५/७६ मा एक हजार मेट्रिक टन मासु उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए ।

त्यसैगरी आव २०७४/७५ मा कुखुराको एक हजार ४४ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७५/७६ मा एक हजार १९७ मेट्रिक टन कुखुराकोे मासु उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए ।

त्यसैगरी आव २०७४/७५ मा भेडाको १.५१५ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५÷७६ मा १.५१५ मेट्रिक टन भेडाकोे मासु उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए । आव २०७४/७५ मा हासको ०.७८ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५÷७६ मा तीन मेट्रिक टन हासकोे मासु उत्पादन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी आव २०७४/७५ मा परेवाको ०.१९५ मेट्रिक टन मासु उत्पादन भएको थियो भने आव २०७५/७६ मा ०.१९५ मेट्रिक टन परेवाकोे मासु उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए ।

सुनसरीमा एक वर्षको अवधिमा ९९० मेट्रिक टन माछा उत्पादन भएको छ । जिल्लामा आव २०७४/७५ माछा ९८१ मेट्रिक टन उत्पादन भएको थियो भने आव २०७५/७६ मा ९९० मेट्रिक टन माछा उत्पादन भएको कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए ।