प्रवास

नासा र आन्मा बौद्धिक बहसः भ्रष्टाचार मौलाएका कारण जनताले दुःख पाए

अमेरिका । नासा र आन्माको संयुक्त आयोजनामा गत अगस्त ३०,३१ र सेप्टेम्बर १ तारिक गरि तीन दिन सम्म अमेरिकाको नर्थक्यारोलिनास्थित विन्स्टन सेलममा एक बृहत सम्मेलन सम्पन्न भयो । हरेक बर्ष गरिने यो संयुक्त सम्मेलनमा बिभिन्न बिषयका फोरमहरु संचालन गरिन्छ जसमध्ये नेपाल फ़ोरम एक महत्त्वपूर्ण सत्र मानिन्छ ।

यस कार्यक्रमका संयोजक पर्यटन दुत तथा नासाका प्रथम निर्बाचित अधक्ष्य राजा घले थिए । प्रमुख अतिथिका रूपमा नेपालका पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी थिए । उक्त सत्रमा डा तिलक श्रेष्ठले नेपाल र नेपालीको समृद्धि प्र मं ओली शीर्षकमा आफ्नो गोष्ठीपत्र प्रस्तुत गर्दै वर्तमान नेपालमा देखिएका राष्ट्रियता, प्रजातन्त्र, विकास र प्राचीन परम्पराका बारेमा आफ्ना धारणा प्रस्तुत गरे ।

त्यस क्रममा नेपालमा जुलाई २०१५ मा लिएको जनमतलाई प्रकाशन र कदर गर्नु पर्नेमा नगर्नु अपराधपूर्ण हुन गई वर्तमान सम्बिधन अबैध हुन पुगेको हो भनी जिकिर गरे । धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र नेपालका राष्ट्रिय मुद्दा हुन् । यी तिनवटै कुरा जनताको समर्थन बिना नै देशमा लाधिएका हुन् । यिनका बारेमा राष्ट्रियसंवाद र जनमत संग्रह हुनुपर्छ भनी डा श्रेष्ठले अडान लिए । यस्तै नेपालमा सत्र हजार नेपाली मारिएकामा दुख प्रकट गर्दै तीमाथि न्याय हुन अत्यावश्यक छ भनी जिकिर गरे ।

तिनका अलावा डा श्रेष्ठले नेपालमा भएको भ्रष्टाचार, अराष्ट्रिय गतिविधि ९ बिखन्डनकारी, आतंकयुक्त राजनीति, अनुत्तरदायी अर्थनीति, अनुत्तरदायी वैदेशिक ऋणनीति, मानव बेचबिखान चगा बलात्कार, एन जी ओ परिचालित धर्मान्तरण, अव्यवस्थित नागरिकता वितरण, मानवाधिकार तथा न्यायिक स्वतन्त्रताका विरूद्धका नीतिहरू ०का बारेमा चर्को आवाज उठाए ।

दोस्रो वक्ता त्रिभुवन विश्वविद्यालयका प्रा डा कुसुमाकर न्यौपानेले नेपाली लोकसंस्कृतिको वर्तमान अवस्थाका बारेमा आफ्नो धारणा प्रस्तुत गरे । त्यस क्रममा लोकसंस्कृति बिनाको राज्य प्राणविहीन हुन्छ भन्दै वर्तमान नेपालमा लोकसंस्कृति खतरा अव्यवस्थामा पुगेको छ भन्दै चिन्ता प्रकट गरे । यस्तै हरेक व्यक्तिले आ आफ्ना क्षेत्रमा इमानपूर्वक कर्म गरे देशको विकास हुनेछ भनी खेशमा इमानको अभाव भएको तर्कहरू प्रस्तुत गरे । देशका हरेक पाटामा सुगन्ध ल्याउनुपर्नेमा दुर्गन्ध ल्याउने काम भएकाले सबै नेपाली यसतर्फ सजग हुनुपर्ने कुरा व्यक्त गरे ।

अमेरिकास्थित हार्वड विश्व विद्यालयका प्रा डा शिव गौतमले नेपालको विकासमा प्रवासी नेपालीले खेल्न सक्ने भूमिका विषयमा आफ्ना धारणा प्रस्तुत गरे । त्यस क्रममा विदेशमा बसेका सिपयुक्त उच्च प्राज्ञिक जनशक्ति उपयोग नगरेकोमा चिन्ता प्रकट गरे ।

नेपालबाट आएकी डा बुना पोखरेल दाहालले बिगतमा भए गरेका गल्ति कमजोरीप्रति टीकाटीप्पणी गरेर होईन हरेक व्यक्ति, बर्ग र समुदाय देशबिकासमा एकजुट भएर लाग्नु पर्नेमा बर्तमान सरकार र राजनैतिक दलहरु राम्रा कामका लागि उदासिन देखिएकोप्रति चिन्ता व्यक्त गरे । भ्रष्टाचार र बेथिति मौलाएका कारण देश र जनताले भोग्नुपरेको पीँडाप्रति पनि उनले औंल्याए ।

वक्ताहरूको उक्त प्रस्तुती पछि सहभागीहरूका बिच चर्को प्रश्नोत्तर पनि भएको थियो । त्यस क्रममा प्रमुख अतिथिले वर्तमान सरकारले राम्रो कार्य गरेको र अपराधजन्य गतिविधि राजाका पालामा पनि भएको श्रृङखला अहिले पनि हुनु कुनै नौलो कुरा होइन भनी लिएका जिकिर प्रति वक्ता तथा सहभगीहरूले अस्वीकृति तथा असन्तुष्टि व्यक्त गरेका थिए । यसरी यो कार्यक्रम निकै रोचक र फलदायी हुन पुगेको थियो ।