प्रवास

युनिसेफद्वारा नेपाली मूलकी कन्चनलाई ग्लोबल बोर्डमा नियुक्त

डिसी । युनिसेफले नेपाली मूलकी कन्चन अमात्यलाई ग्लोबल बोर्ड अफ जेनेरेसन अनलिमिटेडमा नियुक्त गरेको छ । नेपाली यूवा अमात्यलाई युनिसेफ कि कार्यकारी निर्देशक हेनरिटा एच फोरले बिश्व पिढी असीमित समिति सदस्यमा नियुक्त गरेकी हुन् ।

जेनेरेसन अनलिमिटेड (पुस्ता असीमित) एक अर्ब डलरको साझेदारी परियोजना हो जस्लाई युनिसेफले आयोजना गर्छ । सन् २०३० सम्म बिश्वका हरेक युवाले शिक्षा ,तालिम र रोजगारी पाउन भन्ने मुख्य उद्धेश्य रहेको छ ।

यो महत्वपूर्ण परियोजनाको आरम्भ गर्ने सह(सभापतिहरुमा राष्ट्र संघका महा सचिव एन्टोनियो गुटेरेस,रुवान्डाका राष्ट्रपति पुल कागमे तथा ट्रीनिडाड तथा टोबागोका राष्ट्रपति रहेका छन् ।

अमात्य संगै बिश्व ब्यापीरुपमा अन्य महत्वपूर्ण व्यक्तित्वहरु बिश्व समिति सदस्यहरुमा नियुक्त भएका छन् । जस्मा आर्थिक तथा समाज मामला सहायक सह सचिव लिउ झेन्मिन, युनेस्कोका महा निर्देशक औड्रे एजोले ,युएनपीएफका नाटालिया कानम ,अन्तरराष्ट्रिय श्रम संघठनक महा निर्देशक, बिश्व बैंकका प्रमुख कार्यकारी अधिकारी (सिईओ) लगायत अन्य रहेका छन् ।

युवा व्यक्तिहरुको लागि शीपमूलक तथा रोजगारी दिने सम्बन्धमा बिश्व बैंक संग अर्व डलरको साझदारीको सुरुवात भै सकेको छ । अमात्यले आफ्नो नयाँ भूमिका भनेको आफू समितिसंग काम गर्ने योजना बनाएको बताइन ।

उनले अगाडी भनिन ‘मेरो नयाँ भूमिकामा, म समितिसँग विशेषज्ञता, रणनीतिक दिशा, स्रोत र नेतृत्व प्रदान गर्न कार्य गर्दछु । र ,जेनरेशन अनलिमिटेड (पुस्ता असीमितता)को स्थानीयकरणलाई समर्थन गर्दछु । सबैभन्दा महत्त्वपूर्ण कुरा त युवाको संलग्नता र सहभागिता सुनिश्चित गर्दछु । विशेष गरी नेपालका युवा महिला र युवतीसंग आफ्नो कार्यसूची (एजेन्डा) अनुसार काम गर्नेछु ।’

‘शिक्षा र व्यावसायिक प्रशिक्षणलाई समाधान गर्नका लागि कार्यक्रम ल्याउन म यस साझेदारीसँग काम गर्न पाउँदा म विशेष उत्साहित छु । लाखौं नेपाली युवालाई पछाडि परि रहेका छन् । हाम्रो प्रगति र स्थिरतालाई खतरा छ’ अमात्यले भनिन ।

आगामी सेप्टेम्बर २३ का दिन न्यू योर्कमा हुने सयुक्त राष्ट्र संघको साधारण सभाको ७४ औ सत्रमा बिश्व ब्यापी पिढी असीमितको समिति बैठकमा भाग लिने छिन ।
अमात्यले केही महिना अगाडी मात्र डायना मेमोरिएल अवार्ड नामक प्रतिष्ठित पुरस्कार प्राप्त गरेकी थिइन् भने फोर्ब्स पत्रिका द्वारा ३० बर्ष मुनिका ३० सूचीमा परेकी कन्चन अमात्य हाल महिलाको आर्थिक सशक्तिकरणको लागि युएन वुमेन ग्लोबल च्याम्पीएनमा कार्यरत छिन ।

ललितपुर पाटन घर भै अमेरिका बसोबास गर्दै आएकी अमात्यले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेस समेत जिम्मेवारी पाई काम गरि सकेकी छिन ।

अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वर्ल्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी थिइन् । जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् ।

अमात्य ग्लोबल च्याम्पियन फर वुमेन’स इकोनोमिक इम्पावर मेन्ट, सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकी (डब्लुपीपीसी) सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार,नेपाल, शान्ति एज्नेट, बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् ।

अमेरिकाका पूर्व राष्ट्रपति क्लिन्टनद्वारा कन्चन अमात्य ” प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित भएकी थिइन् । साथै उनलाई २०१७ एभ्रीडे योङ्ग हिरो अवार्ड द्वारा पुरस्कृत गरिएको थियो भने उक्त पुरस्कार २५ बर्ष मुनिका १ सय जना मध्ये उनि परेकी थिइन् ।