राजनीति

जनताका मागका विषयमा ओली सरकार अन्धो र बहिरो देखियोः नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका  केन्द्रीय सदस्य अर्जुन नरसिंह केसिले वर्तमान ओली नेतृत्वको सरकार जनताका मागका विषयमा अन्धो र बहिरो देखियो देखीएको बताएका छन् । जनताका जायज मागहरुमा आँखा नजानु र नसुन्नुले सरकार अन्धो र बहिरो त भएन भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता केसिले बिगत २२ दिनदेखी कोशी पीडितहरु आफ्नो मागहरु लिएर धर्नामा वस्दा पनि सरकारले उनिहरुको मागप्रति चासो नदिएकाले सरकार अन्धो र बहिरो भएको टिप्पणी गरेको छन् ।

कोशी संयुक्त समिति,नेपाल भारत दुबैदेश का परराष्ट्र र सिंचाईमन्त्रीहरु को बिच भएको सम्झौता को कार्यान्वयन को लागि के सरकार सत्याग्रह र मोफसलको आवाज सुन्नै नसक्ने भएको हो भन्दै उन्ले प्रश्न गरेका छन् । साथै कोशि पीडितका जायजमाग तत्काल पुरा गर्न पनि उनले सरकारसंग माग गरेका छन् ।

 

उनको ट्वीटः २२दिनदेखि कोशी पीडित संघर्षसमिति ब्यारेज मा २४घंटे रिले अनसन मा छन।कोशी संयुक्त समिति,नेपाल भारत दुबैदेश का परराष्ट्र र सिंचाईमन्त्रीहरु को बिच भएको सम्झौता को कार्यान्वयन को लागि।के सरकार सत्याग्रही र मोफसलका आवाज सुन्नै नसक्ने बहिरो भएको हो रु तत्काल संवाद गरी जायज माग पूरा गर।