अन्तर्राष्ट्रिय

निर्वाचनको पूर्वसन्ध्यामा रूसका निर्वाचन प्रमुखमाथि आक्रमण

एजेन्सी । रुसको केन्द्रीय निर्वाचन समितिका प्रमुखमाथि आक्रमण भएको अधिकारीहरूले शुक्रबार जनाएका छन् । रातको समयमा नकावधारी आक्रमणकारीले उनलाई घरमै आक्रमण गरेको रूसी प्रहरीले जनाएको छ ।

स्थानीय समयअनुसार राती झण्डै १।३० बजेतिर ६५ बर्षीया निर्वाचन प्रमुख इला पाम्फीलोभलाई आक्रमण भएको हो । रूसमा आउदो आइतबार क्षेत्रीय निर्वाचन हुने तय भएको थियो र त्यसका लागि तयारी अन्तिम चरणमा पुर्याइएको थियो । उनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

पत्रकार सम्मेलनमा उनले कुनै चोट नदेखिनेगरी उपस्थित भएका थिए । उनले आफुलाई अहिले ठिक भइसकेको दावी गर्दै पत्रकार सम्मेलनमा भने “मलाई कुनै गाह्रो भएको छैन ।” प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न र दोषीको खोजी गर्न थालिसकेको बताइएको छ ।