अन्तर्राष्ट्रिय

इस्तानबुलका प्रतिपक्षी नेतालाई १० बर्ष जेल सजाय

एजेन्सी । टर्कीको रिपब्लिकन पिपुल्स पार्टी सिएचपीका इस्तानबुल प्रमुखलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई ‘अपमान’ गरेको अभियोगमा नौ बर्ष आठ महिना जेल सजाय तोकिएको उक्त दलले शुक्रबार जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल सिएचपीका इस्तानबुल शाखाका प्रमुखलाई ‘आतङ्ककारी अधिप्रचार’ गरेको लगायत विभिन्न अभियोगमा अदालतले दोषी ठहर गरेको बताइएको छ ।

इस्तानबुलको एकरेम इमामोग्लुलाई निर्वाचित गराउने अभियानमा प्रमुख भूमिका निभाएका काफ्तानसियोग्लुलाई राजनीतिक प्रतिशोधका अमधारमा जेल सजाय भएको सिएचपीले जनाएको छ । काफ्तानसियोग्लुको नेतृत्वमा इस्तानबुलमा एर्दोगानको सत्ताधारी दलले २५ बर्षमा पहिलोपटक इस्तानबुलबाट नराम्रो हार व्यहोरेको थियो ।