पु.समाचार

काँग्रेसको १५ दिने जागरण सफल बनाउन वडा-वडामा देशभरका तरुण खटौं- अध्यक्ष बस्नेत

काठमाण्डौ । नेपाल तरुण दलले ७७ वटै जिल्लाका तरुण दल जिल्ला समतिलाई काँग्रेसले आयेजना गरेको भदौ २४ गतेदेखी असोज ७ गतेसम्मको देशब्यापी काँग्रेस जागरण अभियानमा सहभागी हुन परिपत्र गरेको छ। तरण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले विज्ञप्तीमार्फत उद्घाटन कार्यक्रमदेखी समापनसम्मका पार्टीका सबै जिल्ला र स्थानीय स्तरका कार्यक्रमलाई सफल बनाउन रचनात्मक भुमिका खेल्न निर्देशन दिएका छन् । काँग्रेसका संस्थापक एबम् महामनव वीपी कोइरालाको १०६ औं जन्मजयन्त्रीका अवशरमा काँग्रेसले गर्न लागेको उक्त कार्यक्रममा लिल्ला अन्तर्गतका वडा समेतले के कस्तो भूमिका निर्बाह गर्यो त्यसको प्रतिवेदन समेत केन्द्रमा पठाउन अध्यक्ष बस्नेतले कडा निर्देश्न दिएका छन् ।
भदौ १७ गतेको काँग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १५ दिने कार्यक्रमहरुको सूची तयार गरिसकेको छ भने पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय गच्छेदार, विमलेन्द्र निधि, महामन्त्री डा शसाँक कोईराला, कोषाध्यक्ष सीतादेवी यादव, नेता प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा शेखर कोईराला, सूजाता कोईराला, महेश आचार्य, दिलेन्द्र बडु, डा मीनेन्द्र रिजाल, बालकृष्ण खाँण, चन्द्र भण्डारी, धनराज गुरुगं, गगन थापा, प्रदीप पौडेल, बद्री पाण्डे लगायतका केन्द्रीय नेताहरु देशभर गएर पार्टीद्वारा आयोजित कार्यक्रमहरुमा सहभागी हुनेछन् । पार्टीले ३६ हजार भन्दा बढी अन्य पार्टीका नेता कार्यकर्तालाई काँग्रेसमा भित्र्याउने अपेक्षा गरेको छ । पार्टीका हरेक कृयाकलापमा तरण दलको सहकार्य महत्वपूर्ण हुने ठानेर पार्टीले गरेको निर्णय अनुसार केन्द्रीय सदस्य बस्नेतले सबै जिल्ला तथा स्थानीय तहलाई निर्देशन दिएका हुन् ।