पु.समाचार

प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य– डा शाह

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्ने अवस्थामा रहनुभएको उहाँका निजी चिकित्सक डा दिव्यासिंह शाहले जानकारी दिएका छन् । डा शाहले आज प्रेस वक्तव्य जारी गरी उहाँको स्वास्थ्यावस्था सामान्य रहेको स्पष्ट गरेका छन् । प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया (प्लाज्मा फेरेसिस) पूरा भएको वक्तव्यमा उल्लेख छ ।

प्रधानमन्त्री ओली शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न यही भदौ ५ गते सिंगापुरको नेशनल यूनिभर्सिटी हस्पिटल गएका थिए। सिङ्गापुरबाट स्वास्थ्योपचार पूरा गरी उनी आज स्वदेश फर्किएका हुन् ।