राजनीति

अन्तरघात गर्नेलाई कडा कारबाही हुन्छ, कसैले रोक्यो जनताका अगाडी सार्बजनिक गर्छुः सभापति देउवा

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसभित्र गुटबनद्यी गरेर अन्तरघात गर्नेलाई कारबाही गरेरै छाड्ने बताएका छन् । नेपाली काँग्रेसका प्रदेश नम्बर ३ का महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने भक्तपुरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

सभापति देउवाले काँग्रेसलाई अन्तरघातबाट पार्टीलाई मुक्त गर्नुपर्ने भन्दै, ‘अन्तरघात गर्ने, पार्टीलाई हराउने माथि कारबाही गर्न खोज्दा कसले रोक्दोरहेछ, त्यसको अनुहार पनि बाहिर आउँछ । यही हो त्यो अनुहार भनेर म नै बाहिर ल्याउँछु ।’ भनेका छन् । धेरैजसो समय पार्टी अनुशासन र अन्तरघातका बिषयमा बोलेका सभापति देउवाले कसैले अन्तरघातीलाई कारबाही गर्नबाट रोक्ने प्रयास गरे कार्यकर्तामात्र नभएर जनताको अगाडी नै आफूले सार्बजनिक गर्ने दाबी समेत गरेका छन् ।

सभापति देउवाले ओली सरकारले न्यायालय, कर्मचारीप्रशासन, प्रहरीलाई आफ्नो प्रभावमा पार्न डरत्रासको अवस्था श्रृजना गरेको भन्दै मीडिया काउन्शीलमार्फत मीडियालाई नियन्त्रण गर्दै अधिनायकबादतर्फ उन्मुख हुन लागेको बताए । सभापति देउवाले आफूले नेपाली काँग्रेसको शुद्धीकरणका लागि जस्तोसुकै त्याग गर्नपनि तयार रहेको भन्दै कार्यकर्ता एक नभए काँग्रेस बलियो हुनै नसक्ने हुँदा सबै एकजुट भएर गाँउ गाँउमा खटिन आग्रह गरे ।

सभापति देउवाले दोस्रो चरणको जागरण अभियान २४ गतेबाट नै शुरु हुने भन्दै लोकतन्त्र रहेमात्र देश र जनताले सुख पाउने हुँदा कम्युनिष्ट अधिनायकबादका बिरुद्ध कुनैपनिबेला काँग्रेसले देशब्यापी आन्दोलन गरेको समयमा आन्दोलनमा सहभागीका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए ।