आर्थिक

सुनको मूल्य तोलाको एक्कासी चौध सयले घट्यो

काठमाण्डौ । लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । महासङ्घका अनुसार आज सुन तोलाको रु एक हजार ४०० र चाँदी प्रतितोला ४० ले घटेको छ ।

स्थानीय बजारमा शुक्रबार छापावाला सुनको मूल्य रु ७२ हजार कायम गरिएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ७३ हजार ४०० मा कारोवार भएको थियो । बिहीबार पनि छापावाल सुन प्रतितोला रु १०० ले घटेको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य ७१ हजार ७०० तोकिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ७३ हजार १०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य रु ९०० कायम गरिएको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला रु ९४० खरीदबिक्री भएको थियो ।