प्रदेश 1

बम विष्फोट निन्दनीय, दोषीलाई कारबाही गरः काँग्रेस

धरान । नेपाली काँग्रेस सुनसरीले धरान र इटहरीमा भएको बम विष्फोटको घटना निन्दनीय भएके बताएको छ । सुनसरी जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र तामाङले विज्ञप्ती जारी गर्दै भनेका छन् ‘बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको हाताभित्र रहेको स्कूलको गेटमा गरिएको बिष्फोटन निन्दनीय छ। अस्पताल र शैक्षिक जस्तो संवेदनशील क्षेत्रमा भएको यो घटनाको गंभीर छानबिन हुनुपर्छ । यो घटनाले धरानकै सुरक्षा माथि खतरा बढेको छ । शान्ति सुरक्षाको व्यवस्था मजवुद बनाई भयरहित वातावरणमा जिउन पाउने अवस्था सिर्जना गर्न र यस्ता घटनाका दोषीलाई अविलम्व कारवाहीको दायरामा ल्याउन सुनसरी काँग्रेस माग गर्दछ ।’
धरान र इटहरीमा नेकपा विप्लव समूहले शैक्षिक संस्थाको गेटमा बम विष्फोट गरेपछि नेपाली काँग्रेस सुनसरीको उक्त प्रतिकृया आएको छ ।