आर्थिक

रामेछापको मान्थलीमा सनराइज बैंकको १२२औंशाखा संचालनमा

काठमाण्डौ । सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालनगर्दै आइरहेको छ । यसै क्रममा बैंकले मन्थलीमा १२२औं शाखा संचालनमा ल्याएको छ ।

बिहिबार आयोजित औपचारिक कार्यक्रमा मन्थली नगरपालिका मेयर रमेशकुमार बस्नेत, सन्राइज बैंकका संचालक समितिका सदस्य दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । सोहि कार्यक्रममा रमेश कुमार बस्नेत र दीपक नेपालले संयुक्त रुपमा ए. टि. एम.को उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सनराइज बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४२वटा ए.टि.एम मार्फत आफ्ना ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदानगर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानमा पनि थपशाखाहरु संचालनगर्ने योजना रहेको जनाएको छ ।