कर्णाली प्रदेश

काँग्रेसको नयाँ विधानअनुसार बन्यो क्षेत्रीय कमिटी

सुर्खेत । नेपाली काँग्रेस सुर्खेतले पार्टीको नयाँ विधानअनुसार क्षेत्रीय कार्य समितिलाई पूर्णता दिएको छ । पार्टी केन्द्रीय प्रतिनिधि एवं डेमोक्रेटिक लयर्स एशोसियशन (डिएलए) का जिल्ला अध्यक्ष दुर्गाप्रसाद सापकोटाको उपस्थितिमा सङ्घीय निर्वाचन क्षेत्र नं १ र २ का पदाधिकारी चयन भएका हुन् ।

निर्वाचन क्षेत्र नं १ को सभापतिमा खड्कबहादुर पोखरेल चयन भएक छन् । क्षेत्र नं १ को सहसभापतिमा ताराकेशर खड्का र उमालाल पाण्डे, सचिवमा भूपेन्द्र सुवेदी, कोषाध्यक्षमा दुर्गबहादुुर खत्री, सहसचिवमा मोहन राना र वीरबहादुर वली रहेका छन् । केन्द्रीय प्रतिनिधि सापकोटाले साविकका दुवै कमिटीका क्षेत्रीय सदस्यहरुसहित ४९ सदस्यीय कार्य समिति चयन गरिएको जानकारी दिए।

त्यस्तै, क्षेत्र नं २ मा लालवीर भण्डारी सभापति चयन हुनुभएको छ । सहसभापतिमा नारायण कोइराला र कर्णबहादुर बुढा, सचिवमा कृपा थापा, गणेश पन्त, अम्मर दानी, कोषाध्यक्षमा नेत्रबहादुर शाही र सहसचिवमा भूवनसिंह सिजापति चयन हुनुभएको नेपाली काङ्गे्रस सुर्खेतले जनाएको छ ।