बाग्मती

काँग्रेसको आउँदो चुनावको एजेण्डा हिन्दु राज्य हुनुपर्छः नेता राजुराज जोशी

काठमाडौ । नेपाली काङ्ग्रेसका युवा नेता राजुराज जोशीले नेपालको अबको एजेन्डा सनातन हिन्दुराष्ट्र भएको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै जोशीले धर्मनिरपेक्षता जनआन्दोलनको माग र जनभावना विपरीत आएको जिकिर गर्दै यसलाई सच्याउनुको विकल्प नरहेको बताए । नेपाल र नेपालीको पहिचानको मुख्य आधार हिन्दुत्व र प्राचीन ऋषिकालिन सभ्यता, संस्कृति, वेद र पुराण भएको भन्दै उत्थानका निमित्त सबै एकजुट हुनुको विकल्प नरहेको बताए ।

जोशीकै नेतृत्वमा नेपाली काङ्ग्रेसको गतसम्पन्न महासमिति बैठकमा ७१९ महासमिति सदस्यको हस्ताक्षर सङ्कलन कार्यक्रम सम्पन्न भएको थियो । उनले अवको देशको स्थायीत्व र शान्तीको एजेण्डा हिन्दू राज्य हुनुपर्ने धारणा समेत राखेका छन् ।