आर्थिक

मुक्तिनाथ विकास बैंकमा ई–सेवा मार्फत खाता खोल्न सकिने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र ई–सेवाबीच यस बैंकको खाता ई–सेवामार्फत खोल्न मिल्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार ई–सेवाले नियुक्त गरेका एजेन्ट/प्रतिनिधीहरुमार्फत मुक्तिनाथ विकास बैंकमा बचत खाताखोल्न सकिनेछ । यस अन्तर्गत खोलिएका सबै बचत खाताहरुमा पहिलो बर्षको लागिमोवाईल बैंकिङ्ग सेवा निशुल्क उपलब्ध हुने बताईएके छ ।

यस सम्झौता पश्चात ग्राहक खाता खोल्नकालागि बैंक धाउनु पर्ने अवस्था अन्त्य भएको छ ।उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका सहायकनायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग तथा ई–सेवाको तर्फबाट ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरे ।
हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स केन्द्रित‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियानसञ्चालन गरेको छ ।विकास बैंक लि.ले देशैभरी रहेका शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएम् बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खातातथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।