समाचार

गाढी भाडा वढान व्यवसायीको सरकालाई दबाबः भदौ २५ बाट दशैको अग्रिम टिकट बुकिङ नखुल्ने

काठमाडौं । यातायात व्यवसायीले गाडी भाडा वढाउनका लागि सरकारलाई दबाब दिएका छन् । केहिदीन अघि सरकारसंग भएको छलफलमा यातायात व्यवसायीले प्रारम्भिक सहमती जनाए पनि फेरी बोली फर्दै बैज्ञानीक भाडादर समायोजन गर्न सरकालाई दबाद दिएका छन् ।

सरकारको प्रस्ताव अनुसार यहि भदौ २५ गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुला गर्ने बताए पनि व्यवसायीको असहमतिले नखोलीने भएको छ । याताया व्यवसायीसंग गरेको छलफलमा विभिन्न पूर्वतयारी गरेर मात्रै बुकिङ खोल्ने सहमति भएको हो ।

व्यवसायी सहमत भए २५ गतेबाट बुकिङ खोल्ने योजनामा विभाग थियो । तर, व्यवसायीले तयारी नपुगेको र वैज्ञानिक भाडा समायोजनको विषय सम्बोधन नभएको भन्दै २५ गते बुकिङ खोल्न नसकिने बताएका हुन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार अर्को साता बुकिङ खोल्नेबारे पुनः व्यवसायीसँग छलफल हुनेछ ।

‘हाल कुन रुटमा कति बस सञ्चालनमा छन्, दशैंका लागि कति थप बस अन्य क्षेत्रबाट ल्याउन सकिन्छ भन्ने लगायतका विषयमा आवश्यक तयारी र अध्ययन गरेर फेरि छलफलमा बस्छौं,’ हमालले भने । उनले भाडा समायोजनमा विषयमा व्यवसायीसँग दशैं(तिहार अघि छलफल नै हुन नसक्ने बताए ।

२०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने व्यवसायीहरुको माग छ । डेढ महिनाअघि सरकारले भाडादर समायोजन गरे पनि ५ घण्टा नबित्दै निर्णय फिर्ता लिएको थियो । यातायात व्यवसायीले अब दशैंको अग्रिम टिकट बुकिङ खोल्ने समयमा भाडादर समायोजनलाई मुद्दा बनाएका हुन् ।

५ घन्टा नवित्दै गाडीभाडा बढाउने निर्णय फिर्ता

उता सरकार भने आफ्नै अडामै कायम देखीको छ । विभागले दशै–तिहार अघि भाडा समायोजन गर्न निकै गाह्रो पर्ने जानकारी व्यवसायीलाई गराएको छ । सरकारले वैज्ञानिक भाडा समायोजनका लागि समिति बनाएको र त्यसले काम गरिरहेकाले तत्कालै भाडा वृद्धिको निर्णयमा पुग्न नसकिने विभागका महानिर्देशक हमालले बताए ।

‘हामीले स्पष्ट रुपमा चाडबाडअघि भाडा समायोजन गर्न सकिँदैन भनिसकेका छौं,’ हमालले भने, ‘यो पटक विगतमा जस्तो समितिहरु छैनन्, कम्पनीमा गएका व्यवसायीहरूले पनि पुरानै ढर्रा देखाउँदा राम्रो सन्देश जाँदैन ।’ उनले व्यवसायीले राख्दै आएका धेरै मागहरु पूरा गरिसकेको बताए ।

यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने व्यवसायीका धेरै मागहरु पूरा हुन बाँकी रहेको बताएका छन् । तर, सरकारले वातावरण तयार गरेमा बुकिङ खोलेर सरकारसँग हातेमालो गर्न तयार रहेको उनको भनाइ छ ।

व्यवसायीले सडकहरुलाई सुधार गरेर सवारी साधन चल्न सक्ने बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । दुर्घटना कम गर्नेतर्फ पनि सरकारको ध्यान जानुपर्ने भन्दै उनीहरुले सबै दोष व्यवसायीलाई मात्र लगाउने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि सरकारले हरेक वर्ष अग्रिम टिकट बुकिङ खुलाउने गरेको छ । तर, यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउनुअघि विभिन्न माग राखेर सरकारलाई दबाव दिने गरेका छन् ।