-यसोदा कार्की -रचना
सम्झना भरि छ दिलमा सियाँल परेनि जिन्दगी
स्नेह टिल्पिल छ मुटुमा सियाँल परेनि जिन्दगी ।
आनन्द भन्नुनै के हो, जो आफैँलाई भूलेर
अनायस खोज्छन् भुल्न यहाँ सियाँल पारेरै जिन्दगी
आकस खुल्ला नै रहन्छ दिनरातको के कूरा हो
बाटैमा नअल्झिनु तिमी सियाँल परेनि जिन्दगी ।
जूनकिरी झैं उजेलिन्छ जसै तारा खसे बिहानी
हट्छ नै सारा भ्रान्ति यहाँ सियाँल परेनि जिन्दगी ।
फाल विवशता र हीनता माया मुटुमा सजाइ
थाकेर लेट्नु हुन्न है सियाँल परेनि जिन्दगी ।२