आर्थिक

मुक्तिनाथ विकास बैंकद्वारा फाउण्डेसनलार्ई सहयोग

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रेम सागर फाउण्डेसन नेपालले धादिङ्गको थाक्रे गाउँपालिका–५, दामेचौरमा आयोजना गरेको जनभोज अभियानलाई आर्थिक सहयोग गरेको छ ।

 फाउण्डेसनले हरेक दिनकरिब ५०० स्कुले बालबालिका तथा वृद्धवृद्धाहरुलाई निःशुल्क भोजन खुवाउदै आएको र करिब १५०० स्कुले बालबालिकालाई ताजाखाजा स्कुलमा पु¥याउदै आएको छ । बैंकले जनभोजको लागि एक दिनको लागत खर्च रकम ५० हजार सहयोग गरेको छ । उक्तउक्त सहयोग रकम मुक्तिनाथ विकास बैंकका धार्के शाखाका प्रमुख राजीव आचार्यले प्रेम सागर फाउण्डेसन नेपालका व्यवस्थापक भोला राउतलाई हस्तान्तरण गरे ।

मुक्तिनाथ विकास बैंकले देशैभरी १२० वटा शाखा, २२ वटा ए.टि.एम. र करिब सातलाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएम्बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनिसञ्चालनमाल्याएको छ । हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स केन्द्रित ‘७६ साल७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।