राजनीति

ओली सरकारले भ्रष्टचार जोगाउन अख्तियारलाई समेत तर्सायोः वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान ओली नेतृत्वको सरकार भ्रष्टचारको ढाकछोपका लागेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर माफर्त वरिष्ठ नेता पौडेलले  दुई तिहाईको ओली सरकारले भ्रष्टचारलाई जोगाउन अख्तियारलाई समेत तर्सााएको बताएका छन् । उनले ट्वीटमा सरकारले अख्तियारलाई तर्साएर ठूला ठुला भ्रष्टाचारलाई जोगाउने काम गरेको र वाइडबडीजस्तो अर्बौंको भ्रष्टाचार काण्डलाई समेत ढोकछोप गर्न लागेको उललेख गरेका छन् ।

साथै दुई तिहाईको दम्भ देखाउने सरकारले मुलुकमा साना–भन्दा साना कामलाई पनि रोकिराखेको बताएका छन् । उनले ओली नेतृत्वको सरकार बनेको दुई बर्ष बित्न लाग्दासमेत प्रदेशको राजधानी र नाम तोक्न नसकेको बताएका ट्वीटरमा उल्लेख गरेका छन् ।

उनको ट्वीटः यो सरकारले दुई बर्ष बित्न लाग्दासमेत प्रदेशको राजधानी र नाम तोक्न सकेको छैन , अख्तियारलाई तर्साएर ठूला ठुला भ्रष्टाचारलाई जोगाउने काम गरेको छ र वाइडबडीजस्तो अर्बौंको भ्रष्टाचार काण्डलाई समेत ढोकछोप गर्न लागेको छ ।