समाचार

मुलुककै राजधानी जहाँ हुन्छ धेरै अपराधीक घटनाःमोरङ पनि संग–संगै

काठमाडौ‌ं । मुलुकमा पछिल्लो समय डरलाग्दो स्थितीमा विभिन्न अपराधका घटनाहरु घटेको तथ्याङक सार्वजनीक भएको छ । मुलुकका विभिन्न जिल्लामा यस्ता घटना बढिरहे पनि यस्ता घटना निराकरणमा सरकार भने निरीह देखीएको छ ।

मुलुकमा फितलो कानुनका कारण हो या अन्य कुनै कारण दैनिक जसो विभिन्न जघन्य अपराधिक घटनाहरु घटिरहेको सुन्नमा आएका हुन्छन् । मुलुकमा दैनिक भैरहने जघन्य अपराध न्युनिकरण गर्नमा वर्तमान दुई तिहाईको सरकार चुकेको भन्ने बिभिन्न पिप्पणी भैरहेको छन्न् । यस्ता घटनामा संलग्न अपराधिको संरक्षणमा नै सरकार लागेको देख्न सकिन्छ ।

साथै वर्तमान सरकारका कारण नै मुलुकमा विभिन्न घटना घटिरहेको भन्ने पनी गरिएको छ । यस्तै सरकारको बढी पहुँच भएकै स्थान मुलुककै राजधानीमा नै बढी अपराध हुने गरेको तथ्य सार्वजनीक भएको छ । मुलुककै सबैभन्दा बढी अपराध हुने जिल्लाको अग्रपंक्तिमा काठमाडौं देखिएको छ ।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले गरेको अध्ययनले राजधानीमा सबैभन्दा बढी अपराध हुने गरेको देखाएको हो । विभागका एक अधिकृतका अनुसार आर्थिक वर्ष ०७५र७६ मा गरिएको वार्षिक अध्ययनमा काठमाडौंमा सबैभन्दा बढी ८ हजार ५ सय ५९ मुद्दा दर्ता भएका छन् ।

राजधानीपछि पूर्वी नेपालको विराटनगर सबैभन्दा बढी अपराध हुने जिल्लामा पर्ने देखिएको छ । तथ्यांक अनुसार यो आर्थिक वर्षमा एक हजार ८ सय ८८ वटा मुद्दा दर्ता भएको देखिएको छ । मोरङपछि रूपन्देहीमा मुद्दा दर्ता संख्या बढी छ । प्रहरीका अनुसार यो आर्थिक वर्षमा रूपन्देहीमा एक हजार ८ सय ३५ मुद्दा दर्ता भएको देखिएको छ भने रूपन्देहीपछि सुनसरीमा १ हजार ७ सय ८३ मुद्दा दर्ता भएको देखिन्छ ।

सुनसरीपछि झापामा १ हजार ४ सय ३३ मुद्दा दर्ता भएको देखिन्छ भने कास्कीमा १ हजार २ सय ७७, कैलाली १ हजार २ सय ३५, चितवनमा एक हजार १ सय ७८, धनुषा १ हजार १ सय ८७ र बाँकेमा १ हजार १ सय ५८ वटा मुद्दा दर्ता भएको छ ।