राजनीति

कांग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरण भदौ २४ देखिः प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समीतिको वैठकले  विभिन्न १४ वटा एजेण्डामा सहमती गरेको छ । गएराती वसेको  केन्द्रीय समितिको बैठकले १४ वटै एजेन्डामा सम्पुर्ण सहमतिका साथ निर्णय गरेको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीट मार्फग गएरातीको बैठकबारे जानकारी गराएका छन् । बैठक राती साढे ९ वजे सकिएको थियो ।

साथै बैठकले सम्पुर्ण एकता र उत्साहका साथ रास्ट्रीय जागरण अभियानको दोस्रो चरणमा भदौ २४ देखि सामेल हुने निर्णयपनि गरेको उनले जानकारी दिएका छन् ।

 

उनको ट्वीटः कांग्रेस केन्द्रीय समितिको बैठक १४ वटै एजेन्डामा सम्पुर्ण सहमतिका साथ निर्णय गर्दै अहिले राती ९।३० बजे सम्पन्न भएको छ । बैठकले सम्पुर्ण एकता र उत्साहका साथ रास्ट्रीय जागरण अभियानको दोस्रो चरणमा भदौ २४ देखि सामेल हुने निर्णयपनि गरेको छ ।