राजनीति

डा भट्टराईको प्रस्तावः दोहोरो शिक्षा प्रणाली अन्त्य गरौं, बालबालीकाको लागि शिक्षामा लगानी गरौं

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी राष्ट्रिय परिषदका अध्यक्ष बाबुराम भट्टराईले समतामुलक शिक्षाका लागि बालबालीकाको शिक्षामा लगानि बढाउनु पर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले समतामूलक समाज बनाउने हो भने सबै वालवालिकाको प्रारम्भिक चरणदेखिको विकास र शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् ।

साथै उनले अहिलेको जस्तो दोहोरो प्रणलीको शिक्षाले वाल विकाश नहुने भन्दै दोहोरो शिक्षाप्रणालीको अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले ट्वीटमा यस सम्बन्धी पछिल्लो वैज्ञानिक सत्य–तथ्य बुझ्न विशेषतः नीतिनिर्माताहरूले यसबारेमा गम्भीरतापूर्वक पढ्नु पर्ने र आत्मसात गर्नुपर्ने बताएका छन् ।

उनको ट्वीटः  समतामूलक समाज बनाउने हो भने सबै वालवालिकाको प्रारम्भिक चरणदेखिको विकास र शिक्षामा लगानी गरौं अहिलेको जस्तो दोहोरो शिक्षाप्रणालीको अन्त्य गरौं यस सम्बन्धी पछिल्लो वैज्ञानिक सत्य(तथ्य बुझ्न यो रिपोर्ट सबैले र विशेषतस् नीतिनिर्माताहरूले गम्भीरतापूर्वक पढौ र आत्मसात गरौं