खेलकुद

एक खेल अगाबै न्युजिल्याण्डलाई टी–ट्वान्टी सिरिज

एजेन्सी । न्युजिल्याण्डले घरेलु टोली श्रीलंकाविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज एक खेल अगाबै जितेको छ । मंगलबार राति भएको दोस्रो खेलमा श्रीलंकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्याण्डले सिरिज २–० ले जितेको हो ।

श्रीलंकाले दिएको १६२ रनको लक्ष्य न्युजिल्याण्डले १९ ओभर ४ बलमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डको जितमा कोलिन डी ग्राण्डहोम र टम ब्रुसले अर्धशतकीय इनिङ्स खेले । ग्राण्डहोमले ५९ तथा ब्रुसले ५३ रन बनाए । श्रीलंकाका अकिला धनन्जयले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । श्रीलंकाका लागि निरोशन डिक्वेलाले सर्वाधिक ३९ रन जोड्दा अभिस्का फर्नान्डोले ३७ रन बनाए । त्यस्तै कुशल मेन्डीसले २६ तथा सेहन जयसूर्याले २० रन बनाए । न्युजिल्याण्डका सेथ रेन्सले ३ विकेट लिए ।

टिम साउथी र स्कोटले २र२ विकेट लिए । जितसँगै तीन खेलको सिरिजमा न्युजिल्याण्डले २(० को अग्रता समेत बनाएको छ । यसअघि पहिलो खेलमा श्रीलंकालाई न्युजिल्याण्डले ५ विकेटले हराएको थियो ।