अन्तर्राष्ट्रिय

अमेरिका–चीन सम्झौता मेरो दोस्रो कार्यकालमा ‘अझ बढी कठीन’ बन्छः ट्रम्प

एजेन्सी । बेइजिङलाई व्यापार वार्तामा ‘खुट्टा नलतार्न’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार चीनसँग आग्रह गरेका छन् । उनले आगामी नेतृत्वसँग सम्झौता सहज हुने चीनको आशालाई अमेरिकी निर्वाचनले जवाफ दिने बताएका हुन् ।

उनको दावीे आफू दोस्रो पटक पनि निर्वाचित हुने र दोस्रो कार्यकालमा व्यापार सम्झौता अझ जटिल बन्ने बताएका छन् । मलाई थाहा छ उनीहरू नयाँ प्रशासनसँग सहमति गर्न चाहन्छन् ।

रोजगारी तथा कम्पनीहरूको क्षेत्रमा १६ महिनाभन्दा बढीको समय भनेको लामो अवधि हो जसले अर्थतन्त्रमा व्यापक प्रभाव पार्छ, ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सम्प्रेषण गरेको सन्देशमा उल्लेख छ । “त्यसपछि चीनको आशा के हुनेछ जब मैले निर्वाचन जितेर दोस्रो कार्यकालका लागि योग्य बन्नेछु । सम्झौता थप कठीन बन्नेछ ।”