बाग्मती

प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानद्वारा डा. अग्रवाल सम्मानीत

काठमाण्डौ । प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानद्वारा प्राध्यापक डा. गोविन्द राम अग्रवाललाई सम्मानित गरिएको छ । काठमाडौंमा आज आयोजित ६६ औं वाणिज्य दिवसका अवसरमा डा. अग्रवाललाई सम्मानित गरिएको हो । डा. अग्रवालले वाणिज्य क्षेत्रमा उत्कृष्ठ कार्य गरेको, स्वदेश र विशेमा वाणिज्य क्षेत्रलाई बढावा दिएको भन्दै सम्मानपत्र, दोसल्ला र हस्तकलाजन्य मायाको चिनोद्वारा सम्मानित गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयमा वाणिज्य विषय स्थापनागर्न कटिबद्ध रहेका इश्वरीलालको २०७५ मंसिर ४ गते स्वर्गारोहण भएको हो ।
इश्वरीलालाको सम्झानामा प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठान स्थापनागरि वाणिज्य दिवसको अवसरमा यस क्षेत्रका उत्कृष्ठ व्यक्तिलाई सम्मानगर्न शुरु गरेको इश्वरीलालका सुपुत्र प्रकाश श्रेष्ठले जानकारी दिए ।
सम्मानित कार्यक्रममा विज्ञ केदारभक्त माथेमा, मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति डा उपेन्द्र कोईराला लगायतको सहभागिता थियो ।