राजनीति

काँग्रेसले प्रदेश ३ का १३ जिल्लाका महाधिवेशन प्रतिनिधिलाई २०/२१ गते प्रशिक्षण दिने!

काठमाण्डौ । नेपाली कांग्रेसले भदौ २० र २१ गते महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ । पार्६ीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा यही भाद्र २० र २१ गते प्रदेश नं. ३ सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गरिने भएको छ ।

केन्द्रीय राजधानी समेत रहेको प्रदेश नं. ३ मा दुई स्थानमा प्रशिक्षण आयोजन गर्ने पूर्व निर्णय अनुसार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिको संयोजन तथा व्यवस्थापनमा मध्यपुर ठिमी नगरपालिका ९, वोडे स्थित कृषि विकास वैंकको तालिम केन्द्रमा प्रशिक्षण कार्यक्रम हुनेछ । भाद्र २० गते विहान ८ देखि १० वजेसम्म सहभागीहरुले नाम दर्ता गर्नु पर्ने प्रतिष्ठानले जनाएको छ ।

भाद्र २० गते विहान १० वजे द्योवु, वोडेमा प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नेछन् । प्रदेश नं ३ को भक्तपुरमा आयोजित प्रशिक्षणमा यस प्रदेशका १३ जिल्ला मध्ये सात जिल्लाहरु— काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछापका महाधिवेशन प्रतिनिधिहरु मात्र सहभागी हुनेछन् । प्रदेश नं. ३ का बांकी ६ जिल्लाहरु— रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरुका लागि मकवानपुरमा आयोजन गरिनेछ ।

प्रदेश १ को धनकुटा र मोरङ, प्रदेश २ को जनकपुरधाम र वीरगञ्ज तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा महाधिवेशन प्रतिनिधिहरुका लागि केही समय पछि प्रशिक्षण मिति तय गरिनेछ । मिति तय भएपछि जानकारी गराइने पार्टी कार्यालयका सचिव मुक्ती आचार्यले बताएका छन् ।